- भौगोलिक स्थिति, क्षेत्रफल र सिमाना :संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ प्रशासनिक संरचना अनुसार कोहलपुर नगरपालिका लुम्बिनी प्रदेश को बाँके जिल्लामा पर्दछ । पृथ्वीको गोलार्द्धका आधारमा कोहलपुर नगरपालिका २८ डिग्री ७ मिनेट १२ सेकेण्ड देखि १८ मिनेट ५४ सेकेण्ड उत्तरी अक्षांश तथा ८१ डिग्री ३८ मिनेट २४ सेकेण्ड देखि ८१ डिग्री ४९ मिनेट ५१.६ सेकेण्ड पूर्वी देशान्तरमा रहेको छ । यो नगरपालिका नेपालको मध्यपश्चिम तराई क्षेत्रमा पर्दछ । नगरपालिकाको कुल क्षेत्रफल १८४.२६ वर्ग की.मी. छ । कोहलपुर नगरपालिकाको पूर्वमा राप्तीसोनारी गाउँपालिका, पश्चिममा बैजनाथ गाउँपालिका, उत्तरमा सल्यान जिल्लाको चुरे पहाड श्रृंखला र दक्षिणमा जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका पर्दछ । बाँके जिल्लाको सदरमुकाम शहर नेपालगञ्ज देखि १० की.मी. उत्तरपट्टि रहेको कोहलपुर नगरपालिका साविकमा भेरी अञ्चल तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दथ्यो ।
- कोहलपुरको नामाकरण :यस नगरपालिकाको नाम तेल पेल्ने कोलबाट भएको हो भन्ने विश्वास छ । कोल भनेको तेलहन जस्तै तोरी, आलस आदि पेलेर तेल उत्पादन गर्ने काठैकाठले बनेको घरेलु यन्त्र हो ।
- नगरपालिकाको स्थापना :विं. स. २०७१ वैशाख २५ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम औपचारिक रुपमा साविकको कोहलपुर गाविस र रझेना गाविस वि.सं. २०७१ ज्येष्ठ ७ का दिन गाभिएर यस कोहलपुर नगरपालिकाको स्थापना भएको हो । पछि शम्शेरगन्ज गाविसको केही भाग वि.सं. २०७३ मा कोहलपुर नगरपालिकामा समायोजन भएको हो ।
- प्रशासनिक तथा वडा विभाजन विभाजन :कोहलपुर नगरपालिका सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल, लुम्बिनी प्रदेशको बाँके जिल्लामा पर्दछ । यस नगरपालिकामा जम्मा १५ वटा वडाहरू रहेका छन् । निर्वाचन क्षेत्र विभाजनका आधारमा कोहलपुर लुम्बिनी प्रदेशको निर्वाचन क्षेत्र नं. १ को “ख” तथा प्रतिनिधी-सभा निर्वाचनको क्षेत्र नं. १ मा पर्दछ ।
|
हालको वडा |
साबिक वडा |
|---|---|
|
१ नं. वडा |
साबिक रझेना गाउँ विकास समितिको वडा नं. ५ |
|
२ नं. वडा |
साबिक रझेना गाउँ विकास समितिको वडा नं. ४ |
|
३ नं. वडा |
साबिक रझेना गाउँ विकास समितिका वडा नं. १ र २ |
|
४ नं. वडा |
साबिक रझेना गाउँ विकास समितिका वडा नं. ३ र ९ |
|
५ नं. वडा |
साबिक रझेना गाउँ विकास समितिको वडा नं. ८ |
|
६ नं. वडा |
साबिक रझेना गाउँ विकास समितिका वडा नं. ६ र ७ |
|
७ नं. वडा |
साबिक कोहलपुर गाउँ विकास समितिका वडा नं. ६ र ७ |
|
८ नं. वडा |
साबिक कोहलपुर गाउँ विकास समितिका वडा नं. ८ |
|
९ नं. वडा |
साबिक कोहलपुर गाउँ विकास समितिका वडा नं. ९ |
|
१० नं. वडा |
साबिक कोहलपुर गाउँ विकास समितिका वडा नं. १ र २ |
|
११ नं. वडा |
साबिक कोहलपुर गाउँ विकास समितिको वडा नं. ३ |
|
१२ नं. वडा |
साबिक कोहलपुर गाउँ विकास समितिको वडा नं. ४ |
|
१३ नं. वडा |
साबिक कोहलपुर गाउँ विकास समितिको वडा नं. ५ |
|
१४ नं. वडा |
साबिक शम्शेरगन्ज गाउँ विकास समितिका वडा नं. ७, ८, ९ |
|
१५ नं. वडा |
साबिक शम्शेरगन्ज गाउँ विकास समितिका वडा नं. १, २, ३, ४, ५ र ६ |